स्थानीय चुनावः ३४ जिल्लामा एकसाथ मतदान सुरु




३१ बैशाख, काठमाडौं । संघीय संरचना अनुसार स्थानीय तह चयनका लागि आज ३४ जिल्लामा मतदान भइरहेको छ ।

भर्खरबाट मतदान सुरु भएको छ । मतदान बेलुका ५ बजेसम्म जारी रहनेछ । ४९ लाख ५६ हजार ९ सय २५ मतदाता छन् । मतदानका लागि झण्डै चार हजार मतदान स्थल तोकिएको छ । ३ हजार ९२२ मतदान स्थलका ६ हजार ६४१ मतदान केन्द्रबाट मतदाताहरुले आफूले चाहेको उम्मेदवारलाई मत दिनेछन् ।

१३ हजार ५६५ पदमा हुन लागेको निर्वाचनमा झण्डै ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

सम्बन्धित समाचार