पहिलो चरणको निर्वाचन सकियो, ७० प्रतिशत मत खस्यो



३१ बैशाख, काठमाडौं । निर्वाचन आयोगले आज भएको स्थानीय तहको निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको अनुमान गरेको छ । ३४ जिल्लामा आज पहिलो चरणको निर्वाचनमा ७० प्रतिशत मत खसेको आयोगले बताएको छ ।

मतदान सकिँदासम्म आयोगमा प्राप्त जिल्लागत विवरणका आधारमा आयोगले ७० प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेकोआयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

अहिलेसम्मको प्रारम्भिक तथ्यांकको बिश्लेषण गर्दै आयोगले यो विवरण गरेको छ । आयोगले निर्वाचनमा निकै उत्साहजनक सहभागिता रहेको बताएको छ ।

यसको औपचारिक विवरण भने केहीबेरमा आयोगमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

सम्बन्धित समाचार