फेसबुकलाई पनि लाग्यो निर्वाचन,



काठमाडौं। सामाजिक सञ्जाल फेसबुकले नेपालमा आज भइरहेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपालका प्रयोगकर्तालाई मत हाल्न प्रेरित गरेको छ । उसले मतदानमा प्रयोगकर्ताले भोट गरेको जानकारी दिन मिल्ने गरी ‘सेयर यु भोटेड’ को अप्सनसहितको स्टाटस बार राखेको छ ।

मतदातालाई आफ्नो मतदान केन्द्रबारे जानकारी नभए जानकारी लिन मिल्ने गरी निर्वाचन आयोगको भोटर लिष्टको लिंक समेत फेसबुकले दिएको छ ।

‘फाइण्ड पोलिङ बुथ’ अप्सनमा गएर निर्वाचन आयोगको मतदता सूचीको लिंकमा आफ्नो व्यक्तिगत डाटा राखेर आफ्नो मतदान केन्द्रबारे जानकारी लिन सकिने छ । निर्वाचन सुरु हुनअघिसम्म फेसबुकले म ‘भोट हाल्न जाँदैछु’ भन्ने आशयको स्टाटस रहने गरी नोटिफिकेशन अप्सन राखेको थियो ।

सम्बन्धित समाचार