आयल निगममा बेथिति




नेपाल आयल निगम नेतृत्वले जग्गा खरिद गर्दा दलालसँग मिलेर झापामा खरिद क्रममा कमिसनको लोभमा आफैले तय गरेको मापदण्डसमेत मिचेको पाइएको छ । झापमा मात्रै कम्तीमा ४० करोड रुपैया घोटला गरी इन्धन भण्डारणस्थलका लागि जग्गा किन्दा वातावरणीय प्रभाव मुल्याङकनमा त ध्यान दिइएको छैन नै रेलवेको लागि सर्भे भइसकेको जग्गा किन्ने काम भएको छ ।

घना बस्नती विकास हुदै गरको,औद्योगिक क्षेमा पर्ने तथा रेलवेका लागि सर्भेसमेत भइसकेको जग्गा निगमले खरिद गरेको छ। आयल निगम नेतृत्व र दलालबीचको मिलेमतोमा पहिल्यौ सम्पुर्ण तारतम्य मिलाएपछि मात्रै जग्गा खरिदका लागि बोलपत्र आह्पवान गरिएको देखिन्छ ।आजको नागरिकमा खबर छापएिको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्कासहित उच्च अधिकारीले आँखा चिम्लेर यस्तो निर्णय गरेका हुन् ।संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले निगमले खरिद गरेको जग्गा ‘इन्धन भण्डारणका लागि दिर्घकालिन रुपमा अनुपयुक्त हुने’ठहर गरेको छ ।समिति सदस्इ तथा झापाका सांसद दीपक कार्कीका अनुसार निगमलाई घना बस्ती विकास हुने ठाउँमा जग्गा खरिद नगर्न पटकपटक भनिए पनि बेवास्ता गरिएको छ ।

सम्बन्धित समाचार