डलर कमजोर, सुन महंगो



काठमाडौं, माघ ६ – अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको भाउ महंगो हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएको तथा तेलको भाउ बढेको र आर्थिक गतिविधि सुस्त भएपछि सुनको भाउ बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आर्थिक गतिविधि बढ्दै जाँदा सुनमा लगानी बढ्छ । लगानी बढ्पछि भाउ पनि बढ्ने महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । गएको हप्ता सुनको भाउ बढेर तोलाको ५७ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो ।

सम्बन्धित समाचार