गजलः हाङ अज्ञात




हिजो आज मान्छेहरुको कति सस्तो मोल भयो
पैसासँग शरिर साट्ने यहाँ बोल कबोल भयो ।

घाम अस्ताउन नपाउँदै पुग्छन् आफ्नो गन्तब्यमा
ईमान ढाक्ने पवित्र च्यादर खटियाको खोल भयो ।

को आफ्नो, को पराई कोहि कसैलाई चिन्ने होईन
सभ्य बस्ति भन्थ्यो पहिले, अहिले ूरातोू टोल भयो ।

समवेदना, ईमान, ईज्जत खै कहाँ गयो अचेल
बेदनाको आँशु पनि जुठेल्नाको झोल भयो ।

सम्बन्धित समाचार