आयो सङ्खुवासभाको गीत ‘शिरमा मेरो मकालु’ (भिडियो सहित)




संखुवासभा, जेठ १७ गते । सङ्खुवासभालाई चिनाउने अर्को गीत सांगीतिक बजारमा आएको छ । गायक तथा संगीतकार भविन ढुङ्गानाको संगीत र स्वरमा रहेको ‘शिरमा मेरो मकालु हिमाल’ बोलको गीत बजारमा आएको हो ।

गीतकार दीपनकुमार श्रेष्ठको शब्द रहेको गीतको भिडियो हालै भविन ढुंगाना अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा संखुवासभाका विभिन्न पर्यटकिय धार्मिक स्थलहरुको बयान गर्दै संखुवासभालाई चिनाईएको छ भने भिडियोमा पनि सङ्खुवासभाका विभिन्न मनोरम दृष्य तथा तिर्थस्थलहरु देखाईएको छ । त्यस्तै, सङ्खुवासभाका रहनसहन र साँस्कृतिको झलकहरु पनि भिडियोमा समावेश गरिएको छ । भिडियो दीपेन्द्र शाक्यले छायाँकन गरेका हुन् ।

यो गीतको माध्यमबाट संखुवासभाको पर्यटन विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ । गीत निर्माणमा नवीन त्रिताल र महेश श्रेष्ठको सहयोग रहेको निमार्ण पक्षले जनाएको छ ।

गीतकार श्रेष्ठ राजनितिक ब्यक्ति पनि हुन् । उनी नेपाली कांग्रेस सङ्खुवासभाका सभापति हुन् । उनले राजनितिसँगै साहित्य सृजनामा पनि उत्तिकै उचाई बढाईरहेका छन् । उनको टाढा छु म, म त नेपालमा जन्मिएर, नेपालकी छोरी म, आँखाबाट, प्रिय तिम्रो घातदेखि लगायतका  करिब दर्जन गीतहरु रेकर्ड गरिसकिएको छ ।

सम्बन्धित समाचार