संखुवासभा राम्रो, त्यहि पर्यो घर हाम्रोः भविन ढुंगाना (भिडियो सहित)




चैनपुर । बालाचर्तुदशीको अवसरमा संखुवासभाको चैनपुर स्थीत सिद्धकाली मन्दिर ब्यवस्थापन समितिले बृहद मेला लगाएको थियो । मेलामा आयोजित सांगितिका कार्यक्रममा लोकप्रिय कलाकारहरु उमंग लामा, सुरेन्द्र पुलामी र भविन ढुंगानाले गीत गाएर सयौं दर्शकहरुलाई नचाए ।

गायकहरुले आफ्ना र अन्य कलाकारहरुको दर्जन गीत प्रस्तुत गरेर दर्शकहरुलाई नचाएका थिए । प्रस्तुतिको क्रममा गायक भविन ढुंगानाले ‘संखुवासभा राम्रो’ बोलको गीत गाउँदा दर्शक र अतिथीहरु समेतले नाच्न भ्याए । ढुंगानाको आफ्नै स्वर र संगीत रहेको उक्त गीत दीपनकुमार श्रेष्ठले लेखेका हुन् । उनी नेपाली कांग्रेस संखुवासभाका सभापति समेत हुन् ।

संखुवासभाको पर्यटकिय क्षेत्र र सम्भावनाहरुलाई समेटेर बनाईएको यो गीत पछिल्लो समय धेरैको ओठ ओठमा झुण्डिएको छ । हेरौं उक्त कार्यक्रममा गायक ढुंगानाले गाएको गीतः

सम्बन्धित समाचार