‘हिँडी जाने बटुवा’ पछि अर्को उत्कृष्ठ गीत ‘माया हजुर’ बजारमा (भिडियो सहित)



संखुवासभा । दुई बर्षअघि ‘हिडी जाने बटुवा’ बोलको मारुनी गीत यति बेला धेरैको ओठमा झुण्डीएको थियो । त्यसको ठिक दुई बर्षपछि पुनः ‘माया हजुर ‘ बोलको गीत (भिडियो सहित) सार्वजनिक भएको छ ।

यस गीतमा पनि अघिल्लो गीतको जस्तै संगीतकार डी आर अटुले संगीत दिएका छन् भने शब्द सुमाया राईको रहेको छ । स्वर राजेश पायल राई र सुनिता थेगिमको रहेको छ । गीतमा संगीत संयोजन राजु कार्कीले गरेका हुन् । यस गीतको भिडियोमा अर्जोन लिम्वुको छायाँकन, मनोज राईको सम्पादन, केदार राईले कलर गरेका छन । गीतमा राजेश पायल राई र गायिका सुनिता थेगिमको अभिनय रहेको छ ।

संगीतकार डीआर अटु पछिल्लो समय चम्किएका संगीतकार हुन् । पुर्वेली लयका गीतहरुमा जीवन्त भाका दिन सक्ने खुवी उनमा छ भने शब्दकार सुमाया राई पनि पुर्वेली गीतका लागि माहिर मानिन्छ । यसको उदाहरण हिडि जाने बटुवा र पछिल्लो गीत माया हजुर पनि हो । संगीतकार अटु दक्षिण कोरियामा छन् । शब्दकार राई युकेमा छन् । शब्द लेख्ने, संगीत गर्ने र गाउने फरक फरक देशमा हुँदा काम गर्न कतिको गाह्रो हुन्छ ? भन्ने प्रश्नमा संगीतकार अटु भन्छन्, अति गाह्रो छ, संगीत गरेको गीत फोनबाट सिकाएर गाउन लगाउनु पर्छ ।

यसरी फरक फरक स्थानमा रहेर पनि राम्रा गीत दिईरहेका संगीतकर्मीहरुको प्रसंसकहरु बढ्दो छ ।

हेरौं गीत ‘माया हजुर’को भिडियो

सम्बन्धित समाचार