छापा विदेशी कोमामा रहेका २८ जनाको उपचार अब नेपालमै



असार १०, २०७६ काठमाडौं स् सरकारले विभिन्न देशका अस्पतालको कोमामा उपचारत २८ जना नेपाली नागरिकलाई स्वदेश ल्याई यहीँको अस्पतालमा नै उपचारको व्यवस्था गर्ने भएको छ। , वैदेशिक रोजगारका क्रममा गम्भीर चोटपटक लागेर अस्पतालको कोमामा रहेका ती नागरिकलाई स्वदेश ल्याएर उपचार गराउने निर्णयले ती बिरामीका परिवारलाई धेरै सहयोग पुग्ने विश्वास गरिएको छ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका अध्यक्षसमेत रहेका श्रममन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको बैठकले करार अवधि नसकिँदै दुर्घटनामा परी गम्भीर चोटपटकका कारण कोमामा उपचाररत तथा पक्षघातबाट हिँडडुल गर्न नसक्ने अवस्थामा रहेका कतार, साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स यूएई, दक्षिण कोरियालगायत देशका अस्पतालमा वर्षौँदेखि रहेका नेपालीलाई स्वदेशमा ल्याएर उपचार गर्ने निर्णय गरेको छ। बैठकले विभिन्न देशमा कोमामा उपचारत बिरामीलाई स्वदेश ल्याउने तारतम्य मिलाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सम्बद्ध महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका अनुसार विभिन्न देशका अस्पतालमा २८ बिरामीको कोमामा राखेर उपचार भइरहेको छ। यसमध्ये दुई महिला र २६ पुरुष छन्। कतारमा सबैभन्दा धेरै १५ नेपाली श्रमिकको कोमामा राखेर उपचार भइरहेको छ भने साउदी अरबमा एक महिलासहित सात नेपाली श्रमिकको कोमामा उपचार गरिएको छ। यस्तै कुवेतमा एक महिलासहित चार, संयुक्त अरब इमिरेट्स यूएई र दक्षिण कोरियामा एक्एक श्रमिक कोमामा उपचारत रहेको बोर्ड सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार