रामप्रसाद राई गाउँपालिकाद्धारा पहिरोमा ज्याaन गुमाउनेका परिवारलाई राहत वितरण



भोजपुर । रामप्रसाद राई गाउँपालिकाले पहिरो पीडितलाई  राहत वितरण गरेको छ । गत असार २८ गते पहिरोमा परि ज्यान गुमाएका वडा नम्बर ५ मानेभञ्ज्याङका एकै परिवारका मृतक तीन जनाको नाममा

जनहि २५ हजारका दरले ७५ हजार र अस्थायी आवासका लागि २० हजार गरी ९५ हजार मृतकका परिवारलाई गाउँपालिकाको निति तथा कार्यक्रम अनुसार राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए । साथै पीडित परिवारलाई पाल र खाद्यन्न समेत वितरण गरिएको अध्यक्ष राईको भनाई छ ।

शुक्रबार भएको वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सम्झना राई, प्रमुख प्रशाकिय अधिकृत जंगम राई, योजना शाखा प्रमुख ज्ञानराज भट्टराई, सम्वन्धित वडाका वडा अध्यक्ष, सुरक्षाकर्मी लगाएतको उपस्थिति रहेको थियो ।
पहिरोमा परि स्थानीय कुमार राईकी श्रीमती ३६ वर्षीय मानकुमारी राई, छोराहरु १७ वर्षीय शिव कुमार राई र १५ वर्षीय शक्ती कुमार राईको ज्यान गएको थियो ।

सम्बन्धित समाचार