डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहितको सहयोग मागे



काठमाडौं ।’ डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ। यो रोग फैलाउने लामखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो। चितवनमा नौ वर्षअघि डेंगुले महामारीको रूप लिँदा सेना र प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिएको थियो।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले २०६७ सालमा चितवनमा डेंगु नियन्त्रण गर्न पहिलो पटक सेना र प्रहरीको सहयोग लिइएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।  ‘१ सय जना सेना र २० जना प्रहरीको सहयोग लिएको पहिलो अनुभव छ’, उनले भने, ‘भारतको दिल्ली र ब्राजिलमा फैलिएको डेंगु नियन्त्रण गर्न सेना परिचालन गरिएको उदाहरण छ।’

ठाउँ र परिस्थिति हेरी सेना र प्रहरी परिचालन गर्नुपर्ने धारणा उनले व्यक्त गरे। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै पक्ष लागेर डेंगु नियन्त्रण गर्नुपर्ने बताएका छन्। ‘स्वास्थ्यकर्मीका साथै आवश्यक परे सेना, प्रहरी पनि लागेर डेंगु नियन्त्रण गरौं’, मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री यादवले भने, ‘जो जहाँ छौं सबै मिलेर डेंगुलाई परास्त गरौं।’

सम्बन्धित समाचार