मुकुन्द थापाका तीन मुक्तक




मुक्तक १
अदालतको फैसला मान्न छोडेर
हरे राम लेखेको पहेँलो बस्त्र ओडेर
मठ मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु,
रक्षा गर भगवान भन्दै दुई हात जोडेर

मुक्तक २
देशको लागी सिन्कोसम्म नभाँचेरै बसेपछि
सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि
देश कसरी बन्छ र खै, गर्छु भन्ने मरेर गए,
गर्न नदिने र नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि

मुक्तक ३
सुन गुमाएर नुन पाउनुको के अर्थ ?
राष्ट्रियताको गीत गाउनुको के अर्थ ?
देशको तालाचाबी पराइलाई सुम्पिएर,
दौरा सुरुवाल टोपी लाउनुको के अर्थ ?

मुकुन्द कृष्ण थापा
खोटाङ

मकालु अनलाई टिभि पनि हेर्नुहोस र सब्स्क्राईब पनि गरिदिनुहोस ।

सम्बन्धित समाचार