सभामुखले संसद चलिरहेको बेला कुर्सीमा उक्लिएर शिशुलाई काखमा च्यापेरै बोटलको दुध खुवाए पछि…



न्युजिल्याण्डफ । यस वर्ष पनि विश्वभर ‘ब्रेस्ट फिडिङ डे’ मनाइयो । अगष्ट २२ मा यो दिवस संसारभर खासगरी महिला र महिलावादीहरूले मनाउने गर्छन् ।त्यसो त, यो दिवसबारे अनेक बहस र विवाद समेत सुनिन्छ । यही विषयलाई लिएर न्युजिल्याण्डको संसदमा भने फरक दृश्य देखियो । संसारलाई नै पाठ सिकाउने गरी संसद चलिरहेका बेला सभामुख ट्रेबोर मलार्डले जे गरे यसको अहिले ब्यापक चर्चा हुँदैछ । खासगरी सामाजिक सञ्जालमा मालार्डको तस्बिर भाइरल नै बनाइएको छ ।

खासमा सभामुख मालार्डले संसद चलाउने बेला आफ्नो कुर्सीमा एक्लै गएनन् । उनले सँगै लिएर गएका थिए एक ‘अतिथि’लाई पनि । ती अतिथि कोही नभएर सांसद टमाटी कफेका नवजात शिशु थिए । कुर्सीमा उक्लिएर मालार्डले ती शिशुलाई काखमा च्यापेरै बोटलको दुध चुसाउन थाले । खासमा उनले ‘फिडिङ डे’ ‘सेलिब्रेट’ गर्द पनि यसो गरेका थिए । धेरैले उनलाई यसो गरेकोमा बधाइ र धन्यवाद दिए ।

एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्वीटरमा लेखेका छन्, ‘न्युजिल्याण्ड…तिमी सानो मुलुक हौला, तर तिमीले संसारलाई विशाल पाठ सिकाएका छौ । यो नै मैले संसारभर देखेको सर्वाधिक सुन्दर चिज हो ।’ कफेका छोरा ‘सरोगेट’ विधिबाट गत जुलाइमा जन्मिएका हुन् । अन्य मुलुकका सांसदहरुले पनि न्युजिल्याण्डको संसदको यस्तो गतिविधिलाई उदाहरणीय कामको रुपमा प्रसंशा गरे ।

सम्बन्धित समाचार