डेंगुको संक्रमण नेपालभर देखिएपछि त्रास हटाउन तीनजना डाक्टरको सल्लाह



काठमाडौं  । डेंगु महामारी होइन तर यसको समयमै उपचार नगर्दा ज्यान जान सक्छ । डेंगुको संक्रमण नेपालभर देखिएपछि त्रास उत्पन्न भइरहँदा तीनजना सरुवा रोग विशेषज्ञ चिकित्सकले रोग लाग्न नदिने उपाय र रोग लागेपछि उपचारको विधिबारे यसरी सुनाएः

डा.बाबुराम मरासिनी: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पुर्व प्रमुख 

पानीको खाल्डाखुल्डी भएको ठाउँ, टायर भएको ठाउँमा यसको बढी संक्रमण हुन्छ । सबैभन्दा बढी संक्रमण हुनेमा टायर कम्पनी तथा टायर राख्ने ठाउँ हो । विभिन्न स्थानहरु ज्स्तै स्कुल, कलेज, स्वास्थ्य मन्त्रालय समेतले चर्पीको गलत तरिकाले प्रयोग गरेको कारण डेंगुको संक्रमण हुन्छ ।

डेंगु संक्रमण रोकथामका लागि नगरपालिकाले आदेश दिएर सरकारी अड्डा, स्कुल कलेजमा सफा गर्न लगाउने र सबै क्षेत्रबाट सरसफाईका लागि विशेष भूमिका निभाउन सक्नुपर्छ । नगरपालिकाले घरको नक्शा पास गर्दा अनिवार्य घरको झ्याल ढोकामा जाली हाल्नुपर्ने नियम बनाउनुपर्छ ।

   डा. विवेक लाल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख

लाम्खुट्टेले १०० जनालाई टोकेमा १० जनालाई डेंगु संक्रमण हुनसक्छ । संक्रमण भएकाहरुमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने,आखाँको गेडी दुख्छ । बढी संक्रमण भएकाहरुमा रक्तश्राव हुने, हड्डी भाचिए जस्तो दुखाई हुने, बान्ता हुने, खान मन नलाग्ने शरीर शिथिल हुँदै जाने जस्ता लक्षणहरु देखिन्छ ।

   डा.बासुदेव पाण्डे, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक

अहिलेको डेंगु संक्रमण गम्भीर खालको होइन । यो रोग लामखुुट्टेले संक्रमितलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा सर्नसक्छ । डेंगु संक्रमण क्लासिकल लामखुट्टे र सेविसियल लामखुट्टेको टोकाइबाट मात्र हुन्छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..