१ हजार रुपैयाँ घुस सहित नायब सुब्बा पक्राउ अख्तियारको फन्दामा



काठमाडाै‌ । एक हजार रुपैयाँको लोभ गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नायब सुब्बा अख्तियारको फन्दामा परेका छन्। नायव सुब्बा पुरूषोत्तम पोखरेल १ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको  छ।

पोखरेलले सहजकर्ता केदारप्रसाद न्यौपानेबाट पूजी वृद्धि तथा शाखा विस्तारका लागि एक हजार घुस रिसवत रकम लिँदै गर्दा अख्तियारको टङ्गाल कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। घुस लिने पोखरेलसँगै घुस दिने न्यौपानेलाई पनि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिए।

सम्बन्धित समाचार