घुस लिने दिने दुवै विरुद्ध भ्रष्टाचार मुद्दा



काठमााडौं ।   लानाकेदारेश्वर सव डिभिजन वन कार्यालय बीपी नगर डोटीका  वन अधिकृत सुरेशचन्द्र डिसीसहित दुईजना विरुद्ध मुद्दा दायर भएको छ ।

काठको छुटपुर्जीको सिफारिसलगायतका कागजी प्रक्रियामा सहज वातावरण मिलाई दिएवापत घुस लिइरहेको अवस्था पक्राउ परेका सहायक वन अधिकृत डीसी र घुस दिने विचौलिया सुसन जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

वन अधिकृत डिसीलाई ३ लाख २६ हजार घुसलिएर धनगढी गइरहेको अवस्थामा अख्तियारले पक्राउ गरेको थियो । उनले ५ लाख ६० हजार घुस माग गरेको अनुसन्धानमा देखिएको अख्तियारको दाबी छ । सहायक वन अधिकृत डिसीविरुद्ध ३ लाख २६ हजार विगो कायम गरिएको छ ।

घुस रकम उपलब्ध गराउने जोशीलाई अख्तियारले प्रतिवादी बनाएको छ । उनले सेवाग्राहीसँग ५ लाख ४५ हजार लिएर वन अधिकृत डिसीलाई ३ लाख २६ हजार मात्रै दिइएको पुष्टि भएको  अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।  जोशीलाई ५ लाख ४५ नै विगो कायम गरिएको छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर भएको हो ।

सम्बन्धित समाचार