स्थानीय सरकारबाट पर्यटन बिकासमा ६० लाख रुपैयाँ रकम बिनियोजन



ह्रथुम । जिल्लाको छथरलाई पर्यटन बिकासका लागी स्थानीय सरकारले चासो दिँदै आएको छ । पर्यटकीय गन्तब्य बनाउन स्थानीय सरकारबाट यसबर्ष मात्रै ६० लाख रुपैयाँ रकम बिनियोजन गरिएको छ । छथरका ऐतिहाँसिक, पुरातात्विक, जातिय, भौगोलिक, धार्मीक, साँस्कृतिक,पर्याबरणीय तथा साहासिक पर्यटन बिकास गर्ने उदेश्यका साथ गाँउपालिकाले बिगतका बर्षहरुबाटै रकम बिनीयोजन गर्दै आएको जनाएको छ । छथरमा रहेका पर्यटकीय प्रचुर संम्भावना रहे पनी संरक्षणको अभावमा गुमनाम भएका क्षेत्रहरुको खोजी गरी पर्यटन बिकास गरिने भएको छ । रकम बिनीयोजनले पर्यटन बिकासमा टेवा पुग्ने देखीएको छथर गाँउपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए ।

पर्यटन बिकासका लागी आब २०७४-७५ मा पर्यटन बिकासका निम्ती ४० लाख ०७५ ÷७६ मा ८३ लाख र चालु आबमा ६० लाख रकम बिनयोजन भएको छ । पर्यटकीय गन्तब्यहरु चाङलुङ गुफा संरक्षण, छथर भ्यु पार्क,सौरेनी डाडाँ पिकनिक स्थल निमार्णको थालनी,बालउद्यन आहालडाडा,साततले गुफा संरक्षणका कामहरु बिगतका बर्षहरुबाटै थालनी हुँदै आउका छन । स त्यस्तै फाक्चामारामा थाक्चोलुङ अतिथी भवन निमार्ण,ताक्लुङ गढी,चाङसिङ गढी संरक्षण ,मार्गपोखरी संरक्षण,हाङमालुङ संरक्षण, मालिङ गुम्बा,हनुमान मुक्ती संरक्षण,लगायतका बिभीन्न पर्यटकीय स्थलहरुमा काम सुरु भएको गाउँपालिकाका प्रबक्ता राजन नेपाली बताए । पर्यटन बिकासका लागी गुरुयोजना निमार्ण गरी छथरलाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गरीने भएको अध्यक्ष तिगेलाले बताए । पर्यटन बिकासका लागी पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसारलाई प्राथमिकताका साथै बृतचित्र तथा ब्रोसियरहरु प्रकाशन गरी आन्तरिक तथा बाह्रीय पर्याटकहरुको आकर्षणको केन्द्रको रुपमा बिकास गरिने भएको गाँउपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार