राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ प्रभाव कारी बन्दै



धनकुटा  । धनकुटा सहित मुलुकका १६ जिल्लामा लागु भएको राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रम धनकुटामा प्रभाव कारी बन्दै गएको छ । कक्षा एक देखि तीनसम्मका बिद्यार्थीको पढाइ सीपमा सुधार गर्न लागु भएको हो ।

मौजुदा पाठ्यक्रम र पाठ्यपुस्तकको सान्दर्भीकतामा समयानुकुल परिर्माजनको आबश्यकता महशुस गरिरहदा बालबालिकाको मनोविज्ञान बुझेर पढाउन सिकाउने यो तरिका सरकारी विद्यालयमा प्रभावकारी देखिएको छ । बालगीत, कथा र कविता पढ्न पाउदा आफू लाई खुसी र पढ्न समेत रमाईलो लागेको धनकुटाको भीरगाउँमा रहेको टंकमाध्यमिक विद्यालयको कक्षा दुइमा पढ्ने अस्मीत गुरागाई सुनाउँछन् ।

रमाइलो पढाइ दिगो सीकाईको उदेश्य राखेर दुइबर्ष अघिबाट यो विद्यालयमा राष्ट्रिय प्रारम्भीक कक्षा कार्यक्रम लागु गरिएको हो । एक, दुइ र तीनका विद्यार्थीमा देखिएको पढाइ प्रतिको तत्परताले सुद्धसँग पढ्ने, पढेका कुरा बुझ्ने र बुझेका कुरालाई बोलेर वा लेखेर व्यक्त गर्ने बानीमा सुधार हँुदै गएको शिक्षक उमा पौडेल बताउछिन् ।

दोस्रो भाषका रुपमा मात्र नेपाली बोल्ने बालबालिका हरु लाई पढाई प्रति रुची जगाउन साथै विद्यालय आफै जान्छु भनेर तयार गर्न समेत राष्ट्रिय प्रारम्भीक कक्षा पढाइ कार्यक्रमले वतावरण तयार पारेको सुरुङ्गगे प्राविका प्रध्यानाध्यापक बलराम दाहाल बताउँनछन् ।

सम्बन्धित समाचार