१० वर्षपछि दसैं मनाउन घर फर्किन लागेका परिवार महेन्द्रनगरमा लुटियो



कञ्चनपुर । भारतबाट १० वर्षपछि दसैं मनाउन घर फर्किन लागेका कालिकोट फुकोट गाउँपालिका–२ का कुल दर्जीको परिवार महेन्द्रनगरमा लुटिएको छ ।

भारतको नैनीतालमा रोजगारी गरेर श्रीमती र दुई छोराछोरी लिएर दसैं मनाउन गाउँ फर्केका दर्जी नेपाल प्रवेश गरेको केही बेरमै लुटिएका हु्न् । भारतको हल्द्धवानी बसपार्कबाटसँगै आएका तीन जना नेपालीले लुटेको दर्जीले बताए ।

उहाँले भारु ४० हजार लुटिएको बताए । कालिकोट घर बताउने तीन जनाले महेन्द्रनगर पुगेपछि भारु साट्न भनेर दर्जीलाई सँगै लगेका थिए । ‘चिसो खाउँ भनेर खुवाए,’ उनले भने, ‘होस खुल्दा ४० हजार भारु लिएर उनीहरु हिँडिसकेका थिए ।’

खाना खाने होटलमा श्रीमती र छोराछोरी छाडेर उनीहरुसँगै पैसा साट्न गएका दर्जीको सबै कमाई लुटिएपछि समस्यामा परेका छन् । घर पुग्ने भाडासमेत नभएपछि विचिल्लीमा परेका उनीहरुलाई निड्स नेपाल, होटेल र यातायात व्यवसायीले घर पठाउने व्यवस्था गरेका थिए ।

दसैं, तिहारका लागि भारतबाट घर फर्कने नेपाली विगतमा जस्तै सीमा क्षेत्रमा लुटिने क्रम रोकिएको छैन् । लुटेरा समुहले भारतको बसपार्कदेखि नै पिछा गर्दै सके उतै नसके नेपालसम्म पुगेर लुटपाट गर्ने गरेका छन् ।

यात्रामा नजिकिएका व्यक्तिले नै लुटपाट गरेको घटना बढी छ । दर्जीजस्तै भारतमा रोजगारी गरि घर फर्किएका संखुवासभाका ५० वर्षीय कृष्ण गुरुङ्ग र बैतडीका २८ बर्षीय वीरबहादुर चन्द पनि सीमामा लुटिनुभएको छ ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..