संखुवासभाको स्थानीय तहमा उप निर्वाचन हुने भएपछि दलहरू उम्मेदावर छान्‍न व्यस्त



संखुवासभा। संखुवासभाको स्थानीय तहमा उप निर्वाचन हुने भएपछि दलहरू चुनावी मैदानमा होमिएका छन्। आसन्‍न उपनिर्वाचनका लागि राजनीतिक दलहरू चुनावी अभियान तीव्रता दिन थालेका छन्। निर्वाचन आयोगले १४ मंसिरमा रिक्त स्थानीय तहमा उपनिर्वाचन मिति तोकेपछि दलहरू उम्मेदावर छान्‍न व्यस्त भएका हुन्। अहिले संखुवासभाका दुई तहमा जनप्रतिनिधि रिक्त छन्।

मकालु गाउँपालिका अध्यक्षको पद र खाँदबारी नगरपालिका ३ मा वडाध्यक्ष पद रिक्त छ। गाउँपालिका अध्यक्षको गाडी दुर्घटनामा निधन भएको थियो। वडाध्यक्षको हृदयघातबाट मृत्यु थियो। मकालुका अध्यक्ष खड्गबहादुर कटुवाल २०७४ माघ २९ गते र खाँदबारी नगरपालिका-३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको २०७४ फागुन १३ गते मृत्यु भएको थियो।

गाउँपालिका अध्यक्ष र वडाअध्यक्षको पद रिक्त भएपछि अहिले कार्यवहाकका भरमा चलेको छ। मकालु गाउँपालिकामा कार्यवहाकको उपाध्यक्ष चमेली राईले अध्यक्षको जिम्मेवारी सम्हालेकी छिन्। खाँदबारी-३ मा वडाका ज्येष्ठ सदस्य देवराज घिमिरेले कार्यवहाक अध्यक्षको जिम्मेवारी सम्हालेका छन्।
Read more at: https://thahakhabar.com/news/82202?fbclid=IwAR2A0SzVFBoXmslhab8gwiOAMZkZ5uh-W3JoKwnUUxYJ9dsfOxjNIslZUbU

सम्बन्धित समाचार