विराटनगरमा महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लील सन्देश पठाएको आरोपमा एकजना पक्राउ



विराटनगर । महिलालाई सामाजिक सञ्जाल मार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । विराटनगर पुष्पलाल चोककी महिलाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर– ३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरेको हो ।

नेपाल जग्गा कारोवार र पर्यटन व्यावसायसँगै लायन्स क्लबमा पनि सक्रिय छन् । नेपाललाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

विराटनगर पुष्पलाल चोककी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका नेपाललाई अभद्र व्यावहार मुद्दा दर्ता गरिएको खिइजुले बताए । प्रहरीका अनुसार आइतबार राति नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लिल सन्देश पठाएका थिए ।

सामाजिक सञ्जाल मार्फत गरेको दुर्ब्यवहारमा साइबर क्राइम मुद्दा आर्कषित हुन्छ । तर पीडित महिलाले साइबर क्राइम मुद्दा चलाउन नमानेपछि अभद्र व्यावहार मुद्दा दर्ता गरेको खिइजुले बताए ।

सम्बन्धित समाचार