आयो कुलुङ जातीको पहिचान सहितको नयाँ गीत (भिडियो सहित)




संखुवासभा । जब कुलुङ जातीको प्रमुख पर्व चाक्चाकुरको अवसर पारेर दिप कुलुङ किराँतीले चाक्चाकुर र कुलुङ समुदायलाई लक्षित गरिएको गीत सार्वजनिक गरेका छन् । पछिल्लो समय संगीत क्षेत्रका बादशाह मानिने राजेश पायल राई र मेलीना राईको आवाजमा रहेको उक्त गीतमा संगीतकार डिआर अटुले संगीत भरेका हुन् ।

साकेला बिटमा तयार भएको उक्त गीतमा कुलुङ भाषाको शब्दावलीहरु प्रयोग गरिएको छ । सेवाके, तोस, देदाम, नागी, फेङ्गा, जेलेम्मा जस्ता संस्कार र साँस्कृतिक विषयहरु समावेश गरेर गीत तयार पारिएको हो ।

यसरी नेपाली भाषाको गीत संगीत मार्फत कुलुङ जाती, कुलुङ संस्कार, संस्कृति, भुगोल लगायतको बारेमा अन्य समुदाय माझ पुराउनु प्रसंसनीय रहेको कुलुङ संघका पदाधीकारीहरु बताउछन् ।

उक्त गीत संगीतकार डिआर अटुको युटुब च्यानल लिम्दुमी क्रिएसनबाट सार्वजनिक गरिएको हो । गीतको भिडियोमा पनि कुलुङ समुदायको सभ्यताको विकास भएको महाकुलुङको तस्विरसँगै कुलुङ जातीहरुको तस्विर एनिमेसन गरिएको छ ।

 

सम्बन्धित समाचार