कोरोना आसंकामा अरुण तेश्रोमा काम गर्ने तीन जना खाँदबारी अस्पताल ल्याईदै




खाँदबारी । केही दिनदेखि ज्वरो आएर बिरामी भएका अरुण तेश्रोमा काम गर्ने तीन जनालाई खाँदबारी अस्पताल पठाईएको छ । अरुण तेश्रोको पावर हाउस निर्माण क्षेत्र पुखुवाको केराबारीमा काम गर्दै आएका तीन जनामा कोरोना भाईरसको आसंकामा खाँदबारी अस्पताल पठाईएको चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पाले जानकारी दिनुभयो ।

२५, १९ र २८ बर्षका उनीहरु पश्चिम नेपालका नागरिकहरु हुन् । ज्वरो लगायतका केही लक्षण कोरोनासँग मिल्ने देखिएकोले स्वास्थ्य परिक्षणको लागि अस्पताल पठाईएको अध्यक्ष शेर्पाको भनाई छ । उनीहरुले पटेल कम्पनी मार्फत काम गरिरहेका छन् । उनीहरुलाई गाउँपालिकाको एम्बुलेन्सबाट अस्पताल पठाईएको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । उनीहरु खाँदबारी अस्पताल आईपुगे लगत्तै ¥यापिड टेष्ट मार्फत परिक्षण गरिने अस्पताल श्रोतले जनाएको छ ।

सम्बन्धित समाचार