सञ्चारकर्मी नबराज राईले ल्याए ‘कात्तिके साल्पा’




खाँदबारी । संखुवासभाको खाँदबारी एफएममा कार्यरत नबराज कोयी राईले पुर्बेली लोकगीत कात्तिके साल्पा बजारमा ल्याएका छन् । गायक राजेश पायल राई र सुनिता थेगिमको आवाजमा उक्त गीत बजारमा आएको हो ।

नवराज राईले लेखेको उक्त गीतलाई अनिक कोयी राईले संगीतबद्ध गरेका छन् । उक्त गीत राजेश पायल राईको युटुब च्यानल दर्शन नमस्तेबाट सार्वजनिक गरिएको हो ।
गीतमा बिशेस गरि खोटांग जिल्ला केपिलासगढ़ी गाउँपालिका सातको गाउँठाउँको चिनारीका साथै संस्कार संस्कृतिलाई प्रस्तुत गरिएको छ । त्यस्तै भोजपुर , खोटांग र सोलुखुन्बूको संगम स्थलमा पर्ने पर्यटकीय तथा धार्मिक स्थल साल्पाधामको महत्वलाई पनि यो गीतमा प्रस्तुत गरिएको छ ।

साल्पाधाम भोजपुर , खोटांग , सोलुखुम्बु , संखुवासभा ,तेरथुम, पांचथर, धनकुटा लगायत पूर्वका प्राय सबै जिल्लाका मानिसहरु वैशाके पुर्णिमा र मंसिरे पुर्निमामा दर्शन गर्न पुग्ने गर्छन् । उक्त तिर्थ यात्रामा जुहारी खेल्दाखेल्दै कतिपय युवायुवतीले जुहारी बाटनै परिचय दिएर मायाको चिनो साटी जीवनसाथी समेत छान्ने गर्दछन् यहि भावलाई पनि यो गीतमा प्रस्तुत गरिएको छ ।

हेरौं उक्त गीतको भिडियो ।

सम्बन्धित समाचार