सोलुखुम्बुः महाकुलुङमा शेयर बजार तालिम



महाकुलुङ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा शेरय बजार सम्बन्धी तालिम सम्पन्न भएको छ । स्थानीय महल कुलुङको सक्रियतामा २१ गतेबाट सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

महाकुलुङ गाउँपालिकामा सेयर बजार सम्बन्धी यो पहिलो वित्तिय साक्षरता कार्यक्रम हो । सेयर बजार अथाह सम्भावना भएको क्षेत्र भएपनि यस बारे ज्ञान नहँदा दुर्गमका मानिसहरु पछि परेकोले यो कार्यक्रम आयोजना गरिएको आयोजक महल कुलुङले जानकारी दिनुभयो । यस पटकको तालिममा ६५ जनाले सहभागीता जनाएका थिए ।

सेयर बजारलाई नेटवर्किङ ब्यावसायसँग जोडेर नकरात्मक बुझाई भएकोले त्यसलाई चिर्नको लागि पनि कार्यक्रमको आयोजना गरिएको कुलुङको भनाई छ । शेयर बजार सम्बन्धी ज्ञान नहुँदा राम्रा कम्पनीको प्राथमिक सेयर खरिद गर्नबाट बञ्चित भएकाहरुलाई उत्साहित गर्न तालिमले सहयोग गरेको कुलुङको दावी छ । ईमकालु अनलाईनसँग कुरा गर्नुहुँदै कुलुङले अव महाकुलुङका युवाहरुमा शेयर बजारको भोक जागेको दावी गर्नुभयो ।

सम्बन्धित समाचार