स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त


१० श्रावण २०७८, आइतबार



काठमाण्डौ । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ अनुसार उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहने गरी गएको असार २९ गते गठित अहिलेको मन्त्रिपरिषदमा प्रतिनिधि सभा सदस्य श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

श्रेष्ठ लिटिल एञ्जेल्स स्कुलका सञ्चालक हुनुहुन्छ । उहाँको अरू क्षेत्रमा पनि लगानी रहेको छ ।

सम्बन्धित समाचार