आइतबार २ हजार २ सय संक्रमित थपिए, १८ जनाको मृत्यु


१० श्रावण २०७८, आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा २ हजार २३७ कोरोना संक्रमित थपिएका छन् । १३ हजार ९३४ नमुना (१०,५६९ पीसीआर र ३,२६५ एटिजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

२४ घण्टामा १८ जनाले ज्यान गुमाएका छन् भने २०५० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

मुलुकभर अहिले सम्म मृत्यु हुनेको संख्या ९,७१३ रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार