सिंहदरबार बैठकको निष्कर्ष : एकतामा ढिला गर्नुको अर्थ एमालेमा थप क्षति


१६ श्रावण २०७८, शनिबार


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरूले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले पार्टीमा थप क्षति पुग्‍ने निष्कर्ष निकाल्दै पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानुपर्छु, बैठकपछि एमाले सचिव गोकर्ण विष्टले भने,ुअब ढिला गर्नुको अर्थ पार्टीमा एकपछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।ु

उनले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्लेख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि स्पष्ट गरे । त्यस्तै, कार्यदलका अर्का सदस्य रघुजी पन्तले शनिबार अपराह्न बोलाइएको स्थायी समिति बैठकमा सहभागी हुनेबारे कुनै छलफल नभएको बताए । नेता पन्तले भने, ुहाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै केन्द्रित भयो ।ु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार अपराह्न पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । त्यसमा माधव नेपाल पक्ष सहभागी हुने, नहुनेबारे मौन देखिएको छ । नेपाल पक्षले पार्टीभित्र दुई अध्यक्षको व्यवस्था हुनुपर्ने प्रस्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता कार्यदलले सहमति जुटाएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दै आएको छ ।

सम्बन्धित समाचार