यस्ता छन् ढाड दुख्ने समस्याबाट छुटकारा दिने घरेलु उपाय


३१ श्रावण २०७८, आइतबार


एकै ठाउँमा लामो समयसम्म बसिरहने, लामो समयसम्म कम्प्युटरमा काम गर्ने, व्यायाम नगर्ने जस्ता विभिन्न कारणले ढाड दुख्ने समस्या आउँछ । ढाड दुखाइका कारण काममा बाधा पुग्ने र सामान्य दैनिक जीवनयापनमा समेत समस्या आउने भएकाले यो समस्यालाई चिन्ताजनक अवस्थामा पुग्न नपाउँदै घरेलु उपचारबाट राहत पाउन सकिन्छ ।

शारीरिक गतिविधि र शारीरिक कसरतका कामहरु नहुँदा ढाड दुख्ने समस्या धेरै हुने गर्छ । भारतकी न्यूट्रिशनिस्ट पूजा मखीजाका अनुसार ढाड दुख्ने समस्या दैनिक जीवनमा गर्ने कार्यहरुसँग जोडिएको हुन्छ । यसका साथै, भोकै रहने बानीले पनि शरीरमा क्यालोरीको मात्रा घटाउने र उर्जा कम हुन्छ ।

शरीरलाई उर्जा प्रदान गर्ने तत्वको कमि हुँदा पनि ढाडमा समस्या आउँछ । यसले गर्दा भोकले मांसपेशीलाई नोक्सान पुग्छ । यसले मेरुदण्डमा दबाब पैदा गर्छ । मेरुदण्डमा धेरै असर पर्ने कारण ढाड दुख्ने समस्या आउँछ । भिटामिन डीको कमिका कारण पनि ढाड दुख्ने समस्या आउने गर्छ । यसको लागि भिटामिन डीको मात्रा परीक्षण गर्नुपर्छ ।

यस्तो समस्यामा कालो तिल दुई चम्चा खाने गर्नुपर्छ । कालो तिलले शरीरमा क्याल्शियमलाई सोस्ने शक्तिमा सुधार ल्याउँछ । यसले हड्डीहरु स्वस्थ रहन मद्दत पुग्छ । यसका साथै, शारीरिक रुपमा सक्रिय रहँदा पनि यसको समस्या कम हुन्छ । सधैँ एउटै पोजिशनमा नबस्ने, हिँडडुल गर्ने जस्ता कार्यले यस्तो समस्याबाट राहत पाउन सकिन्छ ।

सम्बन्धित समाचार