महन्थ ठाकुरले जसपा लोकतान्त्रिक पार्टी गठन गर्ने



राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा अध्यादेश जारी गरेसँगै महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन्। ठाकुर पक्षले जनता समाजवादी पार्टी लोकतान्त्रिक गठन गर्ने तयारी गरेका हुन्।

‘अध्यादेश राजपत्र आएपछि हामी पार्टी गठन गर्छौं। जसपा लोकतान्त्रिक गठन गर्ने तयारी छ,’ ठाकुर निकट नेता चन्दा चौधरीले सेतोपाटीसँग भनिन्।

ठाकुर पक्षमा १२ जना सांसद छन्। निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। त्यसपछि ठाकुर, नेता राजेन्द्र महतोलगायत पार्टीमा साधारण सदस्य मात्रै रहेका थिए।

सम्बन्धित समाचार