बीपीका पदाधिकारीको कार्यकक्षमा लागेको ताला खोल्न औषधी व्यवसायी सङ्घको माग


१५ भाद्र २०७८, मंगलबार


धरान । औषधी व्यवसायी सङ्घ इकाई कमिटी धरानले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोल्नुपर्ने माग गरेको छ ।

औषधी व्यवसायी सङ्घ इकाई कमिटी धरानले आज एक विज्ञप्ति जारी गरी प्रतिष्ठानको सञ्चालन नियमित हुनुपर्ने माग गरेको छ । प्रतिष्ठानका ठुला ठुला मेशिन उपकरणहरू नियमितरुपमा सञ्चालन हुने व्यवस्था मिलाउनु पर्ने, सम्पूर्ण विकृति र बिसगंतीको अन्त्य भई प्रतिष्ठान स्वच्छ र सफा हुनुपर्ने, यी सबै कुराको लागि सरकारको आधिकारिक र सम्बन्धित निकायहरूबाट प्रतिष्ठानमा नै आई आन्दोलनकर्मीहरुले गरेको माग र आरोपका विषयहरूको बारेमा आवश्यक कागजात प्रमाणहरु समेत लगीसकेको अवस्था र कानुनी प्रक्रिया पुरा गरेर गुण दोषको आधारमा दोषीहरू माथि कारबाहीको सिफारिस भइसकेको विज्ञप्तिमा उल्लेख छ।

ुप्रतिष्ठानको पदाधिकारीहरूको कार्यकक्षमा ७६ दिन देखि तालाबन्दीको अवस्थाले कोरोना विश्व महामारीले थलिएका व्यवसायहरूमा थप नकारात्मक असर पर्नुका साथै प्रतिष्ठानमा आन्दोलन जारी, तालाबन्दी कायम र अस्पताल नै बन्द भन्ने जस्ता भ्रमात्मक सूचानाहरु जनमानसमा फैलिन गएकोले यसले धरान र समग्र धरानवासीहरूमा नकारात्मक प्रभाव पर्न गएकोले हामी औषधी व्यवसायीहरू प्रतिष्ठानको पदाधिकारीहरूको कार्यकक्षमा लगाइएको तालाबन्दी यथशिघ्र खोली दिनुहुन भनी आन्दोलनकर्मी साथी भाइहरूलाई विशेष अनुरोध गर्दछौु विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ुधरानका अन्य सङ्घ, संस्था, सङ्गठन, पत्रकार वर्ग, अभियन्ता र बुद्धिजीवी, सर्वसाधारण सबैमा समेत प्रतिष्ठानको पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्ने कार्यमा पहल गरिदिनुहुन भनी औषधी व्यवसायी सङ्घ इकाई कमिटी धरान अनुरोध गर्दछु विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा हाम्रो मागलाई गम्भिरतापूर्वक लिइदिनु भई तालाबन्दी खोल्न ढिलासुस्ती एवं आनाकानी नगरिदिनुहुन समेत अनुरोध गर्दछौ भनिएको छ ।

बीपीको तालाबन्दी खोलेर साबिक बमोजिम प्रतिष्ठान सञ्चालनको व्यवस्था मिलाउनलाई पहल गरिदिनु हुन भनी धरान उपनगरपालिकाका मेयर ज्यू र सम्बन्धित वडाका अध्यक्षज्यूलाई समेत यसै विज्ञप्ति मार्फत हामी अनुरोध गर्दछौँ भनिएको छ ।

बीपीमा लागेको ताला खोल्नु र दोषीलाई उन्मुक्ति दिन हाम्रो उद्देश्य होइन भन्दै औषधी व्यवसायी सङ्घ इकाई कमिटी धरानका संयोजक मचिन लिम्बुले भने -“दोषीलाई कारबाही हुनुपर्छ । तर प्रतिष्ठानलाई लामो समय सम्म बन्द गर्नु हुँदैन भन्ने हाम्रो माग हो ।”

सम्बन्धित समाचार