१ सय ३० जनाको ज्यान जानेगरी भएको पेरिस आक्रमणको मुद्दामाथि सुनुवाइ शुरु


२४ भाद्र २०७८, बिहिबार


काठमाण्डौ । फ्रान्सको पेरिसमा ६ वर्ष अघि एक सय ३० जनाको ज्यान जानेगरी भएको आक्रमणको मुद्दामाथि सुनुवाइ शुरु भएको छ । आउँदो नौ महिनासम्म चल्ने एक सय ४० दिने सुनुवाइमा तीन सय ३० जना वकिल र घटनामा बाँच्न सफल एक हजार आठ सय व्यक्ति तथा पीडितका आफन्त सहभागी हुने बीबीसीले जनाएको छ ।

घटनाको बेलाका फ्रान्सेली राष्ट्रपति फ्रान्स्वाँ ओलान्दसहित झण्डै तीन सयजना प्रत्यक्षदर्शीको बयान पनि लिइने खबरमा उल्लेख छ । सुनुवाइ शुरू हुनुअघि फ्रान्सका पूर्वराष्ट्रपति ओलान्दले आक्रमणका पीडितहरूका लागि यो महत्वपूर्ण क्षण भएको बताउनुभएको फ्रान्सेली सञ्चारमाध्ययमले जनाएका छन् । सन् २०१५ को नोभेम्बरमा इस्लामिक स्टेट ९आईएस०ले बाटाक्लाँ कन्सर्ट हल, एउटा रङ्गशाला, रेष्टुराँ तथा बारहरूमा आक्रमण गर्दा एक सय ३० जनाको ज्यान गएको थियो ।

आईएसले गराएको त्यो हमलालाई फ्रान्समा द्वितीय विश्वयुद्धयताकै सबैभन्दा नराम्रो घटना भएको बताइन्छ । मुद्दाको सुनुवाइलाई आधुनिक फ्रान्सेली इतिहासकै सबैभन्दा ठूलो भनिएको छ । घटनामा बाँचेका एक मात्र आक्रमणकारी सलाह अब्देलसलाम अरु १३ जना प्रतिवादीसहित मुद्दाको सुनुवाइका लागि बनाइएको विशेष अदालत कक्षमा उपस्थित भएका छन् ।

सम्बन्धित समाचार