नेपालमा एटीएम भित्र्याउने एससीटीको क्यूआर शुरु


३ कार्तिक २०७८, बुधबार


काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी ९एससीटी० को क्यूआर पेमेन्ट शुरु भएको छ । डिजिटल बैंकिङका लागि ज्युँदो इतिहासको रुपमा रहेको एससीटीले ग्राहकहरुलाई भरपुर सुविधा दिने गरी क्यूआर पेमेन्टको शुरुवात गरेको हो ।

विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई-पे, प्रभु-पे, क्यू-पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन-पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी छ ।

राष्ट्र बैंकले नगदरहित कारोबार प्रणालीको प्रवर्द्धन गर्ने नीति लिएको छ । राष्ट्र बैंकको यो नीतिलाई स्मार्ट क्यूआरले सहयोग पुग्ने कम्पनीको विस्वास छ । स्मार्ट क्यूआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्यूआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाको उपयोग गर्न सजिलो हुने विश्वास छ ।

विशेषतः यस क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरूले ईएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा विदेशी क्यूआरसी पेमेन्ट सर्भिसहरूको बीचमा पनि सहजै एकीकृत कारोबार गराउन सकिने व्यवस्था गरिएको छ ।

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई(पे, प्रभु(पे, क्यू(पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन(पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हुँदा यसको बृहत्तर पहुँच छ ।

नेपालमा एटीएम सेवाको शुरुवात गर्ने नेपाली ब्राण्ड नै एससीटी हो । सन् २००१ मा सञ्चालन अनुमति पाएको यसले कारोबार आरम्भ गर्न भने दुई वर्ष लाग्यो । सन् २००३ देखि व्यवसाय शुरू गरेको एससीटीले नै हिमालयन बैंकसँगको सहकार्यमा एटीएम सेवा सञ्चालनमा ल्याएको थियो ।

भुक्तानी सेवा अपरेटर (पीएसओ)को रूपमा नेपाल केन्द्रीय बैंकबाट इजाजत लिएर कारोबार शुरू गरेका विभिन्न वाणिज्य बैंकहरू, विकास बैंकहरू, पीएसपी (भुक्तानी सेवा प्रदायक) र नेपालका अन्य वित्तीय संस्थाहरूलाई विभिन्न प्रकारका कार्डहरू र भुक्तानी प्लेटर्फम प्रदान गरिरहेको छ ।

जतिबेला यसले सेवा शुरू गर्यो, त्यसबेला कार्ड व्यवसाय गर्ने हिम्मत कमै बैंकहरूको थियो । पछि कार्ड शुरू गरेकाहरूले पनि विदेशी कार्ड चलाए । त्यही पनि एससीटीले एकपछि अर्को व्यवसाय बढाउँदै गयो ।

समय गुज्रिंदै जाँदा आवद्ध हुने बैंकहरूको संख्या थपिंदै गयो । एससीटी दिनप्रतिदिन अब्बल हुँदै गयो । नेपाली ब्राण्ड भएर एससीटीको जुन साख थियो त्यो केही वर्ष टिके पनि सदाबहार भने हुन सकेन ।

सम्बन्धित समाचार