जर्मनीमा खोप नलगाएकाहरुलाई सार्वजनिक ठाउँमा प्रतिबन्ध


१७ मंसिर २०७८, शुक्रबार


काठमाण्डौ । जर्मनीमा कोरोनाविरुद्धको खोप नलगाएकाहरुलाई सार्वजनिक ठाउँमा प्रतिबन्ध गरिएको छ ।

उनीहरु सार्वजनिक ठाउँमा घुम्न र जमघट हुन नपाउने भएका हुन् । त्यस्तै सामान खरिद गर्न जान पनि पाउने छैनन् । जर्मन चान्सलर एञ्जेला मर्केलले कोरोनाको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि यो निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रेष्टुरेण्ट, सिनेमा हल, सपिङ मल जस्ता सार्वजनिक ठाउँमा खोप लगाएका वा भर्खरै कोरोना निको भएकाहरुलाई मात्रै प्रवेशका लागि अनुमति दिइनेछ । जर्मनीमा आउँदो फेब्रुअरीदेखि सबैका लागि खोप अनिवार्य गरिएको छ ।

सम्बन्धित समाचार