चीनमा हराएको ३० वर्षपछि बनाएको नक्साले आमासँग पुनर्मिलन



काठमाण्डौ । अपहरणमा परेको ३० वर्षपछि एक चिनियाँ पुरुषले सम्झनाको आधारमा बनाएको बाल्यकालको गाउँको चित्रका कारण आमासँग भेट्न पाएका छन् ।

ली जिङ्वी आफ्नो घरबाट चोरिएर बेचिँदा चार वर्षका मात्र थिए ।

डिसेम्बर २४ तारिखमा उनले आफूले कोरेको नक्सा भिडिओ एप डोउयीनमा राखे जसलाई प्रहरीले उनको गाउँ र आमा भेट्टाउन सघायो ।

‘यो मेरो घर भएको ठाउँको नक्सा हो जुन मैले आफ्नो स्मृतिबाट बनाएको हुँ’, उनले गाउँको खेस्रा कोरेको कागज देखाउँदै भनेका छन् ।

उनले लेखेका छन्, ‘३० वर्षको प्रतीक्षा, व्यग्रताका अनगिन्ती रात र अन्ततः सम्झनाको आधारमा हातले कोरेको नक्सा ।’

आमासँग पुनर्मिलनअघि लीले आमा भेट्न सघाउने सबैलाई धन्यवाद दिएका छन् ।

ली युनान प्रान्तको एउटा दक्षिण–पश्चिमी सहरबाट सन् १९८९ मा १ हजार ८ सय किलोमिटर टाढा बेचिएका थिए ।

सम्बन्धित समाचार