काठमाडौं । दक्षिण अफ्रिकाको संसद भवनमा फेरि आगो लागेको छ । आइतबार लागेको आगो निभाएको केही घण्टापछि फेरि आगलागी भएको बीबीसीले जनाएको छ ।
सोमबार भवनको छतमा आगोको लप्का देखिएको थियो । अग्नि नियन्त्रकहरुले दमकलको सहायतामा आगो निभाएका छन् ।
सबैभन्दा पहिले आइतबार लागेको आगोले नेश्नल एसेम्बली अर्थात् तल्लो सदन जलेर क्षतिग्रस्त भएको थियो । आगलागीमा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
उनीमाथि आगजनी, चोरी र तोडफोडको मुद्दा चलाइएको छ ।
प्रतिक्रिया