पुस २६ गते सङ्खुवासभा आउँदै केपी ओली



खाँदबारी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पुस २६ गते पूर्वी हिमाली जिल्ला सङ्खुवासभा आउने भएका छन् । नेकपा (एमाले) सङ्खुवासभाको अधिवेशनलाई सम्बोधन गर्न ओली खाँदबारी आउने सचिवालयले जनाएको छ ।

ओलीले चीनसँगैको सीमावर्ती जिल्ला सङ्खुवासभा–किमाथाङ्का नाकासम्मको सडक सञ्जालको अवस्थाा, अरुण तेस्रो जलविद्युत् परियोजना निर्माणको अवस्थालगायत विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ । एमाले सङ्खुवासभाले पुस २६ र २७ गते आठौँ जिल्ला अधिवेशन गर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले खाँदबारी नगरपालिका–१ को टुँडिखेलमा पुस २६ गते हुने उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार