काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ३१ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।
अध्यक्ष लिङ्देनले मंगलबार विज्ञप्ति जारी गरी पार्टको विधान अनुसार केन्द्रीय कार्य समितिको सदस्य पदमा ३१ जनाको मनोनयन गरेको बताएका छन् ।
राप्रपाको विधान अनुसार उसको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ । जसमध्ये १४९ जना निर्वाचनबाट चयन भइसकेका छन् । विधान अनुसार लिङ्देनले ५० जना केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।
मनोनित हुनेमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, निरञ्जन थापा, भिमप्रसाद गौचन, टंक ढकाल,मोहन कुमार श्रेष्ठ, पुष्पराज पुरुष,उदयराज पोखरेल रहेका छन् ।
प्रतिक्रिया