वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा गरिएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार सरकारले मंगेशकरको निधनमा आइतवार र सोमवार दुई दिन राष्ट्रिय शोक घोषणा गरेको हो । दुई दिन राष्ट्रिय झन्डा आधा झुकाइने बताइएको छ ।
यसका साथै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले लता मंगेशकरको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने घोषणा गर्नुभएको छ ।
वरिष्ठ गायिका मंगेशकरको आज बिहान ९२ वर्षको उमेरमा निधन भएको छ । आज आइतवार सरस्वती पूजाको दिन ुमल्टी अर्गान फेलरु का कारण उहाँको निधन भएको हो । उहाँको निधनप्रति भारतसहित विश्वका विभिन्न देशबाट श्रद्धाञ्जली दिने क्रम बढेको छ ।
लता मंगेशकरको अन्तिम संस्कार आज बेलुकी साढे ६ बजे मुम्बईको छत्रपति शिवाजी पार्कमा गरिनेछ ।
समाचार एजेन्सी एएनआईका अनुसार उहाँको पार्थिव शरीरलाई दिउँसो साढे १२ बजे उहाँको घर प्रभु कुञ्ज लगिएको र त्यहाँ उहाँका परिवार, नातेदारसमेत अन्य व्यक्तिले उहाँको अन्तिम दर्शन गरेका थिए ।
प्रतिक्रिया