दोहोरो अङ्कले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार जसो घटिरहेको बजार बिहीबार ११ दशमलव ९६ अंकले घटेर २ हजार ८ सय १ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७० अंकले घटेको छ ।

कारोबार रकममा भने बुधबारको तुलनमा बिहीबार झिनो सुधार देखियो । बुधबार ३ अर्ब ४९ करोडमा सीमित भएको कारोबार रकम बिहीबार ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँ पुगेको छ।

बिहीबार कारोबार भएका २२७ कम्पनीहरु मध्ये अधिकांश गुमाउँदा केही कम्पनीहरुको सेयर मूल्य भने बढेको छ ।

सबैभन्दा धेरै सेयर मूल्य बढ्नेमा व्यापार समूहमा रहेका कम्पनीहरु देखिएका छन् । साल्ट ट्रेडिङ कर्पोरेसन, सिन्धु विकास बैंक, एनटीसी, आईसीएफसी लगायतका कम्पनीहरुको सेयर मूल्य बढेको छ ।

 

 

 

सम्बन्धित समाचार