तोलामा १००० बढ्यो सुन



काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला एक हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधवार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजाबी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बुधवार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ।

सम्बन्धित समाचार