टिकट नपाएपछि मकालु गाउँपालिकाका अध्यक्षद्वारा एमाले पार्टी परित्यागको घोषणा



सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष तेजबहादुर पोख्रेलले नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष पोख्रेलले पार्टीभित्र गुटगत नेताहरुको आचरणले गर्दा आफ्नो पार्टीप्रतिको योगदानको अवमूल्यन भएको भन्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

नेकपा एमालेमा नै बसेर राजनीति गर्न नसकिने भएकाले पार्टी परित्यागको घोषणा गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले आउँदो वैशाख ३० हुने पालिका चुनावमा नेकपा एमालेको तर्फबाट पुनः गाउँपालिका अध्यक्षमा दाबी गर्दै आउनु भएको थियो । पार्टीले टिकट नदिएपछि रुष्ट हुनुभएका उहाँले पार्टी नै परित्यागको घोषणा गर्नुभएको हो ।

पोख्रेल नेकपा एमाले सङ्खुवासभाका जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्छ । उहाँ २०७६ सालको उपचुनावमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित समाचार