श्रीलङ्कामा हिंसात्मक झडप, सत्तारूढ दलका एक सांसदको ज्यान गयो



श्रीलङ्कामा भएको हिंसामा आज सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको ज्यान जानुका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् ।

सांसद अमरकीर्थी अथुकोरालाले कारलाई रोक्ने क्रममा गोली चलाउँदा दुई जना गम्भीर घाइते भएको र घाइतेमध्ये एक जनाको पछि ज्यान गएको प्रहरीले जनाएको छ । सांसद्ले ‘त्यसपछि आफ्नो रिभल्भरले आफ्नै ज्यान लिएको’, एक प्रहरी अधिकारीले एएफपीलाई टेलिफोनमा भनेका छन् ।

कोलम्बोमा भएको झडपमा एक सय ३८ जना घाइते भएकालाई अस्पतालमा उपचार आवश्यक रहेको कोलम्बो नेशनल अस्पतालका प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताउनुभयो ।

सरकार र सांसद्लाई तत्काल समाधान खोज्न माग गर्दै केही दिनदेखि आन्दोलन जारी छ । यसैबीच राजधानी कोलम्बोमा प्रदर्शनकारीबीच भएको झडपका कारण तनाव उत्पन्न भएपछि आज प्रहरीले कर्फ्यु लगाएको थियो ।

सम्बन्धित समाचार