नेपालले जित्यो जिम्बावे ए सँगको एकदिवसीय शृङ्खला



काठमाण्डौ । जिम्बावे ए सँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट नेपालले जितेको छ । जिम्बावे ए ले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा चार विकेट गुमाएर भेटायो ।

नेपालका लागि कुशल भुर्तेलले ६१ बलमा ८४ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले नटआउट ६०, आशिफ शेखले २९ र विनोद भण्डारीले नटआउट २८ रन बनाए । बलिङतर्फ जिम्बावे ए का ब्रान्डन मभुताले तीन विकेट लिए ।

यसअघि त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बावे ए ३२ ओभर १ बलमा दुई सय १३ रनमा अलआउट भयो । उसका लागि तालिवोनाशे मरुमानीले ५०, कुदजाई मौनजीले ३९ र रोए कायाले ३६ रन बनाए । बलिङतर्फ नेपालका किशोर महतोले पाँच विकेट लिए । त्यस्तै सोमपाल कामीले दुई विकेट लिँदा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

वर्षाका कारण मैदान चिसो भएका कारण आजको खेल ३३ ओभरमा झारिएको थियो ।

आजको जितसँगै नेपालले तीन खेलको एकदिवसीय शृङ्खला दुई–एकले जितेको छ । प्रतियोगितामा नेपालका करण केसी प्लेयर्स अफ दि सिरिज घोषित भए । यसअघि तीन खेलको टी–२० शृङ्खलामा एक–एकको बराबरी भएको थियो ।

सम्बन्धित समाचार