सङ्खुवासभाका तीन स्थानीय तहको मत गणना जारी, कस्काे अग्रता ?



खाँदबारी । सङ्खुवासभामा पनि मत गणना सुरु भएको छ । मत पेटिका ढुवानी गर्न सहज भएका ३ स्थानीय तहहरुको मत गणना भईरहेको छ ।

अहिले खाँदबारी नगरपालिका, चिचिला गाउँपालिका र मादी नगरपालिकाको मत गणना भईरहेको छ । खाँदबारी नगरपालिका र चिचिला गाउँपालिकाको मत गणना राती १२ बजेबाट सुरु गरिएको थियो भने मादी नगरपालिकाको विहानबाट गणना सुरु गरिएको हो । चिचिला र खाँदबारीमा नेपाली कांग्रेसका उमेदवारको मत अगाडी छ । भने मादीको मत परिणाम सार्वजनिक गरिएको छैन ।

चिचिला गाउँपालिकामा गठबन्धन छैन भने खाँदबारी र मादी नगरपालिकामा गठबन्धन बनाएर निर्वाचनमा सहभागि भएका थिए । गठबन्धनबाट खाँदबारीको उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उमेदवार बनाईएको थियो भने मादीमा नेकपा माओवादी केन्द्रलाई प्रमुख पद दिईएको थियो ।

जिल्लामा भोटखोला गाउँपालिकाको थुदाम मतदान केन्द्रसँग सम्पर्क नभएकोले जम्मा खसेको मतको बिवरण आईनपुगको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनीहरुको टोली सनिवार साँझ रिदाकसम्म आईपुगेपछि मात्र

भोटखोला बाहेकका अन्य स्थानीय तहहरुको मत गणना विहानको १० बजेबाट सुरु गरिने बताईएको छ ।

सम्बन्धित समाचार