चिचिलाः अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादीको अग्रता



चिचिला । चिचिला गाउँपालिकाको वडा नम्बर १ र २ को अन्तिम मतपरिणाम अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसको अग्रता रहेको छ । नेपाली कांग्रेसका अध्यक्ष उमेदवार पासाङ नुर्वू शेर्पाले ७३१ मत ल्याएका छन् ।

शेर्पालाई पछ्याउदै माओवादी केन्द्रका उमेदवार रिपुप्रसाद राईले ५८० मत ल्याएका छन् । तश्रो स्थानमा रहेको नेकपा एमालेका उमेदवार रामबहादुर गुरुङले ३२० मत ल्याएका छन् ।

उपाध्यक्षमा भने माओवादी केन्द्रका उमेदवार तिर्थमाया राईले अग्रता कायम गर्दै ६०३ मत ल्याएका छन् । निकटतम् प्रतिद्वन्दीको रुपमा नेपाली कांग्रेसका उमेदवार मनकला राईले ५०१ मत ल्याएका छन् । एमालेका उमेदवार विष्णुकुमारी राईले ३०७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार