कोरोना अपडेट : आज भेटिए १२ जना संक्रमित, खोप लगाउने संख्या शून्य



काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज ३ हजार ६२७ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्।

आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १५० जना सक्रिय संक्रमित रहेका छन्।

यस्तै मन्त्रालयको विवरणमा गत २४ घन्टामा कोरोनाविरुद्धको खोप लगाउने संख्या शून्य रहेको उल्लेख गरिएको छ। तर हालसम्म नेपालमा ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।

सम्बन्धित समाचार