एमालेको आस छैन भन्दै नेताहरू माओवादीमा प्रवेश



कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा एमालेका क्रियाशील सदस्यहरूले पार्टी परित्याग गर्न थालेका छन्। स्थानीय तहको निर्वाचनमा वडा नम्बर १८ मा अध्यक्ष अध्यक्ष एमाले र ४ सदस्यमा कांग्रेसले जितेपछि असन्तुष्ट भएर पार्टी छाड्न थालेका हुन्।

नेकपा माओवादी केन्द्रका नेता तथा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मानबहादुर सुनार र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय भूमि आयोग जिल्ला अध्यक्ष देवेन्द्र ढुंगाना, प्रदेश कमिटी सदस्य कौशल्या ओझा, भीमदत्त नगर अध्यक्ष अशोक चन्द र वडा कमिटी अध्यक्ष गंगा दत्त जोशीले प्रवासीलाई पार्टीमा स्वागत गरेका थिए।

लामो समय एमालेमा क्रियाशील भएर काम गर्दै गर्दा अहिलेसम्म एमालेले आफूहरूको कुनै कुरा सम्बोधन नगरेकोले भन्दै पार्टी परित्याग गरेको गजेन्द्र सुनारले बताए।

सम्बन्धित समाचार