यू-१९ महिला क्रिकेटको कप्तानमा कृतिका मरासिनी



काठमाडौं । यू १९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन् । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो ।

मलेसियामा हुने यू १९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो ।

४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित समाचार